सडककाे स्वर- ‘वास्तविक नेपाली नागरिकले मात्रै नागरिकता पाउनुपर्छ’ (भिडिओसहित)
काठमाडाैँ । नागरिकता विधेयकबारेकाे विवाद अझै सकिएकाे छैन । राष्ट्रपति विद्यादेवी भण्डारीले पुन:विचार गर्नु भन्दै प्रतिनिधि सभामा फिर्ता पठाएकाे नागरिकता विधेयक पुन: जस्ताकाे त्यस्तै शीतल निवास पठाउने निर्णय गठन्धनकाे सरकारले गरिसकेकाे छ ।
यसमा सत्ता साझेदार दल राष्ट्रिय जनमाेर्चाबाहेकका ठूला ४ दलहरू एक छन् । प्रतिनिधि सभामा एक सिट भएकाे जनमाेर्चाले भने राष्ट्रपितकाे फिर्ता गर्ने कदमकाे स्वागत गरेकाे छ । उसले भनेका छ— ‘राष्ट्रपतिको कदम ठीक छ, नागरिकता विधेयक खारेज हुनुपर्छ’ । यसबाहेक सत्तामा रहेका सबै दलहरू विधेयक पारित हुनैपर्ने पक्षमा छन् ।
बिहीबार प्रतिनिधि सभामा यसबारे दफावार छलफल भयाे । छलफलका क्रममा सत्ता साझेदार दल र प्रमुख प्रतिपक्ष दलहरूले आ-आफ्नाे अडान छाडेनन् । प्रतिनिधि सभामा छलफल चल्दैगर्दा बाहिर नेपाल मजदूर किसान पार्टी (नेमकिपा)ले विराेध प्रदर्शन गर्याे । प्रदर्शनका ठूलै संख्यामा प्रदर्शनकारीहरू देखिएका थिए । उनीहरूकाे एकसूत्रीय माग थियाे— ‘नागरिकता विधेयक खारेज हुनुपर्छ ।’
प्रदर्शनमा उत्रिएकाे जमातकाे चिन्ता अङ्गीकृत नागरिकबारे विधेयकमा गरिएकाे व्यवस्थामाथि थियाे । नेपाल नगारिकता ऐन २०६३ मा अङ्गीकृत नागरिकता ७ वर्षपछि मात्रै प्रदान गर्न सकिने प्रावधान थियाे । त्यसलाई हटाएर अहिले पारित गरिएकाे हाे । त्यसैलाई राष्ट्रपति भण्डारीले फिर्ता गरेकी हुन् । ‘अन्य देशका नागरिकले पनि सजिलै नेपाली नागरिकता पाउने भएपछि ती व्यक्तिहरू सजिलै राज्यसत्तामा पुग्छन्,’ प्रदर्शनमा भेटिएका चाँगुनारायण नगरपालिकाका महिला सदस्य कमला रादती भन्छन् ।
उनी वास्तविक नेपाली नागरिकले मात्रै नागरिकता पाउनुपर्ने पक्षमा छन् । भन्छन्— ‘संघर्षरत वास्तविक नेपाली नागरिकले मात्रै नागरिकता पाउनुपर्छ । हामी उनीहरूकाे साथमा छौँ । तर, विगतदेखि राजनीतिज्ञहरूले नेपाललाई भारतसँग गाभ्ने प्रयास गरिरहेका छन् । याे भनेकाे नेपालको अस्तित्व नै गायब पार्ने कुरा हाे । त्यसैले याे विधेयक पारित गर्न हुँदैन ।’
प्रदर्शनमा सहभागी तारा गौतमकाे चिन्ता पनि कमलाकाे भन्दा खास फरक छैन । याे नागरिकता विधेयकले नेपालमा अरु देशकाे नागरिक शासक बन्ने र वास्तविक नेपालीले उनीहरूबाट शासित हुनुपर्ने अवस्था आउँदैन भनेर भन्न नसकिने उनी सम्झाउँछिन्, भन्छिन्— अरू देशका नागरिक हाम्रो देशमा प्रधानमन्त्री, मन्त्री हुने दिन आउन सक्छ । यसपछि देश डुब्ने सम्भावना रहन्छ, समस्या आउने सम्भावना उच्च हुन्छ । याे देशका लागि घातक छ ।’
कालापानि, लिपुलेक, लिम्पीयाधुरालगायतका नेपाली भूमिसमेत यसैगरी नेपालकाे बुद्धि नपुग्दा गुमेकाे दृष्टान्त सुनाउँदै उनले थपेका छन्, ‘नेपाली नेपाली नै रहनका लागि याे विधेयक पारित गर्न हुँदैन । तर, वास्तविक नेपालीले भने नागरिकता पाउनैपर्छ ।’