थप २ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु
मकालु खबर
२०७९ भदौ ४ गते
काठमाडौँ । नेपालमा थप २ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको १ हजार ६ सय ७० पिसिआर परिक्षणका क्रममा १ सय ८० जना र २ हजार ६ सय ६७ एन्टीजेन परिक्षणका क्रममा १ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोनाका कारण थप २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ५ सय ७७ संक्रमित निको भएका छन् । हाल नेपालमा ४ हजार ६ सय २५ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।
मकालु खबर
२०७९ भदौ ४ गते
प्रतिक्रिया
सम्बन्धित