शैक्षिक संस्थाबाहेक प्रदेश १ मा बन्दको प्रभाव न्यून
मकालु खबर
२०७९ भदौ ७ गते
विराटनगर । प्रदेश १ मा बन्दको प्रभाव देखिएको छैन । बिहानको समयमा विद्यालयहरूमा केही पढाई भएपनि दिउँसो पढाई हुन नसकेको भएपनि सवारी साधनहरू निर्बाध सञ्चालनमा रहेका छन् ।
चार कम्युनिस्ट पार्टीले नेपाल सरकारबीच भएको ३ बुँदे सहमति अविलम्ब कार्यान्वयन गर्नु पर्ने माग गर्दै आज नेपाल बन्दको आह्वान गरेका छन् । उनीहरूले अदालतबाट जारी भएको पक्राउ पुर्जी तत्काल खारेज, राष्ट्रघाती एमसीसी, एसपीपी सम्झौता, असमान सन्धि सम्झौता खारेज र मूल्यवृद्धि र भ्रष्टाचार नियन्त्रण गर्न पनि माग गरेका छन् ।
नेपाल बन्दको विराटनगरमा कुनै प्रभाव परेको छैन । सवारीका साधनहरू निर्बाध सञ्चालनमा रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । प्रदेश १ मा विप्लव माओवादीको बन्दको प्रभाव नपरेको प्रहरीले जनाएको छ ।
मकालु खबर
२०७९ भदौ ७ गते
प्रतिक्रिया
सम्बन्धित