यी हुन् प्रदेश १ का साउन महिनाका उत्कृष्ट प्रहरी

विराटनगर । प्रहरी निरीक्षकद्वय बबिन्द्र नेम्बाङ र अर्जुन अधिकारी प्रदेश १ मा साउन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।

प्रदेश १ प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूहमा कार्यरत नेम्वाङ र इलाका प्रहरी कार्यालय तिवारीभञ्ज्याङमा कार्यरत अधिकारी सर्वोत्कृष्ट प्रहरी घोषित भएका हुन् ।

प्रहरी निरीक्षक नेम्बाङले बुढीगंगा गाउँपालिका–१ बस्ने दिपेन यादवको १ बर्सिया छोरी निकिशा यादवलाई विराटनगर महानगरपालिका–१२ रोडषेश चोकबाट अनु साह नाम गरेकी महिलाले अपहरण गरी लगेको सम्बन्धमा सूक्ष्म रूपमा अनुसन्धान गरी बालिकालाई भारतको दरभंगाबाट सकुशल उद्धार गर्नुका साथै घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्न सफल भएको भन्दै उत्कृष्ट प्रहरी घोषित गरिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

प्रहरी निरीक्षक अधिकारीले भोजपुर नगरपालिका – ६ देउराली नजिकै ओडारे भन्ने स्थानमा भोजपुर नगरपालिका– ८ पोखरेका ६० वर्षीय सूर्य बहादुर खत्रीलाई अज्ञात व्यक्तिले हत्या गरेको घटनाको अनुसन्धान गरी हत्यामा संलग्न व्यक्ति पत्ता लगाउन सफल भएकोले उत्कृष्ट कार्यको उच्च मूल्यांकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले २०७९ साल साउन महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको हो ।

प्रहरी कर्मचारीहरूको मनोबल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्यांकन गर्न १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रहरी कर्मचारीहरू मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *