निहारिकाको मुद्दामा डीएनए जाँच गर्न उच्च अदालतको आदेश (आदेशसहित)
मकालु खबर
२०७९ भदौ ८ गते
काठमाडाैँ । उच्च अदालत जनकपुरले निहारिका राजपूतकाे मुद्दामा डीएनए जाँच गर्न आदेश दिएकाे छ ।
न्यायाधीश भाेजराज अधिकारी तथा रेखा थापा पाण्डेकाे इजलासले उक्त आदेश दिएकाे हाे । पीडितले डिएनए जाँचकाे माग गरेकाे विषय सान्दर्भिक रहेकाे भन्दै अदालतले पीडितबाट जन्मिएकाे बच्चाकाे र प्रतिवादी शिवराज श्रेष्ठकाे डिएनए परीक्षण गर्न आदेश दिएकाे हाे ।
आदेशानुसार उनीहरूकाे डिएनए उच्च सरकारी वकिल कार्यालय जनकपुरमार्फत् राष्ट्रिय विधि विज्ञान प्रयाेगशाला, खुमलटारमा हुनेछ ।
अदालतले परीक्षण प्रतिवेदन प्राप्त भएसँगै नियमअनुसार अदालतमा पेश गर्न भनेकाे छ ।
आदेश
मकालु खबर
२०७९ भदौ ८ गते
प्रतिक्रिया
सम्बन्धित