गोरखामा तीजको दर खाएका १ सय जना बिरामी
२०७९ भदौ ८ गते
पोखरा । गोरखामा तीजको दर खाएका एकै गाउँका १ सय भन्दा बढी बिरामी भएका छन् । गोरखा ७ मान्द्रेढुंगाका स्थानीयहरू कृष्ण जन्माष्टमीको दिन दर खाएपछि बिरामी भएका हुन् ।
भोज खाएका सबैजसो बिरामी परेका वडाध्यक्ष विष्णु श्रेष्ठले जानकारी दिए । उनीहरूको गाउँमै स्वास्थ्यकर्मी लगेर उपचार भइरहेको छ ।
घर घरमा स्वास्थ्यकर्मीको टोली पठाएर आवश्यक औषधी र उपचार गरिएको उनले बताए । बिरामी भएकाहरूलाई पेट दुख्ने, वान्ता हुने, ज्वरो आउने र पखाला लाग्ने जस्ता समस्या देखिएका छन् ।
२०७९ भदौ ८ गते
प्रतिक्रिया
सम्बन्धित