अज्ञात रोगले हुम्लामा ६० पशु मरे
मकालु खबर
२०७९ भदौ १० गते
हुम्ला । हुम्लाको ताँजाकोट गाउँपालिकामा अज्ञात रोगका कारण ६० पशु मरेका छन् । स्थानीयवासीका अनुसार दुई हप्तादेखि फैलिएको अज्ञात रोगले पशु मरेका हुन् ।
यति धेरै पशु मर्दा पनि गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधि बेखबर रहेको स्थानीयको आरोप छ । खर्कमा रहेका पशुमा अचानक पेट सुन्निने, काँप्ने, झोक्राउनेजस्ता लक्षण देखिएको छ ।
हालसम्म ६० पशु मरिसकेको ताँजाकोट-२ का धनबहादुर रोकायाले बताए । अज्ञात रोगले वडा नं १ र २ का खर्कमा दैनिकजसो पशु मर्न थालेका छन् । गाउँपालिकाले पठाएका कर्मचारी औषधि अभाव भएको भन्दै फिर्ता भएका छन् ।
पुनः औषधि बोकेर खर्कमा नजाँदा उक्त समस्या आएको ताँजाकोट-१ का दलबहादुर खड्काले गुनासो गरे । ‘पशु मरेर सकिन थालिसके, खर्कबाट खाली हात घर जानुपर्ने भइसक्यो तर कर्मचारी र जनप्रतिनिधिको ध्यान पुगेको छैन,’ उनले भने । -रासस
मकालु खबर
२०७९ भदौ १० गते
प्रतिक्रिया
सम्बन्धित