पहिलो जितको लिभरपुलको ९ गोल

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले बोर्नमाउथविरुद्ध गोलको बर्षा गरेको छ । शनिबार सम्पन्न खेलमा लिभरपुलले बोर्नमाउथविरुद्ध ९-० गोल अन्तरले जित हासिल गरेको हो ।

लिभरपुलको जितमा रोबेर्ट फिर्मिनोले २ गोल गरेका थिए भने ३ गोल असिस्ट गरेका थिए भने लुइस डियाजले पनि २ गोल गरेका थिए । त्यस्तै लिभरपुलका लागि हार्भी एलिओट, ट्रेन्ट अलेक्जेन्डर आर्नोल्ड, भिर्गिल भान डाइक र फाबिओ कार्भाल्होले एक एक गोल गरेका थिए । त्यस्तै एक गोल बोर्नमाउथका क्रिस मेपहामले आत्मघाती गोल गरेका थिए ।

यस सिजनमा लिभरपुलको यो पहिलो जित हो । यस अघि लिभरपुलले खेलेका शुरुवाती दुई खेलमा बराबरीमा रोकिएको थियो भने तेस्रो खेलमा म्यानचेस्टर युनाइटेडसँग हार बेहोरेको थियो ।

यो जितपछि लिभरपुलको ४ खेलमा ५ अंक भएको छ । त्यस्तै बोर्नमाउथले भने यस सिजनमा तेस्रो हार बेहोरेको छ । बोर्नमाउथको ४ खेलमा ३ अंक भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *