कर्णाली माओवादीमा मन्त्री बन्न बाँकी सांसद्लाई पालो पुर्‍याउन २ मन्त्रीले दिए राजीनामा

सुर्खेत । कर्णाली प्रदेश सरकारका दुई जना मन्त्रीले राजीनामा दिएका छन् । नेकपा (माओवादी केन्द्र) बाट सरकारमा सहभागी २ जना मन्त्रीले राजीनामा दिएका छन् ।

राजीनामा दिने मन्त्रीहरूमा आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट र जलस्रोत तथा ऊर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले आइतबार राजीनामा दिएका हुन् ।

कर्णालीमा माओवादी केन्द्रले आफ्ना मन्त्री हुन बाँकी रहेका निर्वाचित र समानुपातिक सांसदलाई पालो पुर्‍याउन मन्त्री विष्ट र सिंहलाई राजीनामा दिन लगाएको हो ।

शुक्रवार बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले मुख्यमन्त्री जीवनबहादुर शाही समक्ष मन्त्री विष्ट र सिंहलाई फिर्ता बोलाउन गरेको निर्णय पठाई सकेको थियो । उक्त निर्णयअनुसार नै दुई मन्त्रीले राजीनामा दिएका हुन् ।

मन्त्री विष्ट र सिंहको ठाउँमा माओवादी दलकी सचेतक कृष्णा शाह र सांसद रातो कामीलाई सिफारिस गरेको छ । शाह जाजरकोटबाट समानुपातिक र कामी रुकुम पश्चिमबाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य हुन् । उनीहरूलाई मुख्यमन्त्री शाहीले आज वा भोलि मन्त्रीमा नियुक्त गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *