केनको २ गोलमा टोटेनहमको जित

काठमाडाैँ । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा टोटेनहमले नटिङघम फरेस्टलाई २-० गोल अन्तरले हराएको हो ।

टोटेनहमलाई जित दिलाउन ह्यारी केनले दुई गोल गरे । खेलको पाँचौं मिनेटमा केनले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए । खेलको ५६ औं मिनेटमा केनले पेनाल्टीमा गोल गर्न सकेनन् । केनको प्रहार फरेस्टका गोलकिपर डिन हेण्डरसनले उत्कृष्ट बचाउ गरे । तर, खेलको ८१ औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै टोटेनहमलाई २-० को जित दिलाए ।

यस जितसँगै टोटेनहमले ४ खेलमा १० अंक जोडेको छ । टोटेनहम तेस्रो स्थानमा रहेको छ । फरेस्ट ४ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *