धाेबीखाेलाकाे फाेहाेरमाथि ‘वी लभ यू फाउण्डेसन’काे आँखा ! (भिडिओसहित)
काठमाडाैँ । सिमसिमे पानी, शिरशिरे मन्द हावा, चिसाे बिहानी; वी लभ यू फाउन्डेसनका प्रतिनिधिहरूलाई कुनै प्रवाह छैन । याे बखत पनि उनीहरू फाेहाेर थुपारिएकाे धाेबीखाेला क्षेत्र कपन चुनिखेल पुगेका छन् । फाउन्डेसनसँग ‘सन् २०२२ विश्वव्यापी क्लीन वर्ल्ड’ सरसफाइ अभियान छ । अभियानमार्फत् फाउन्डेसनका प्रतिनिधिहरू, शुभेच्छुक तथा सहयाेगीहरू धाेबीखाेला पुगिसकेका छन् ।
झन्डै डेढ सयकाे संख्यामा पुगेका उनीहरूकाे एउटा बिहानी धाेबीखाेला वरिपरि रहेकाे फाेहाेरहरूसँग बित्छ ।
फाउन्डेसनका अधयक्ष शोभाकर घिमिरेकाे दाबी छ— वी लभ यू फाउन्डेसन लिने हाेइन, ‘दिने’ संस्था हाे । संस्थाले आमाले छाेरा-छाेरामाथि निस्वार्थरूपमा गुणहरू लगाएझैँ वातावरणप्रति गुण लगाइरहने अध्यक्ष घिमिरे बताउँछन् । ‘त्यसैले यस संस्थाकाे नाम वी लभ यू फाउन्डेसन राखिएकाे हाे,’ उनी भन्छन् । यसाे भनाैँ— संस्थाका प्रतिनिधिहरू आमाजस्तै समाज रूपान्तरणका लागि सेवा दिन्छ, स्वयम्सेवक बनिदिन्छ ।
अध्यक्ष घिमिरेकाअनुसार विश्वभर भइरहेको प्रदूषण कम गराउन र मानवजातिको उज्जवल भविष्य निर्माण गर्नू संस्थाकाे प्रमुख र दीर्घकालीन उद्देश्य हाे । यहीअनुसार आफूहरूले अभियानलाई ‘रन’ गराइरहेकाे अध्यक्ष घिमिरेकाे भनाइ छ । उनीहरूसँग ‘सेभ द वर्ल्ड’ एउटा परियोजना छ । जसअन्तर्गत उनीहरूले ‘व्यक्तिलाई बचाऔँ, वातावरण बचाऔँ, मानवता बचाऔँ’लगायतका नाराहरू लगाउने गर्छन् । उसाे त उनीहरू नारा मात्रै लगाउँदैनन्, काम पनि आफैँ गर्छन् । उनीहरू खासगरी वातावरण सफा हुनुपर्छ भन्ने मान्यता राख्छन् । उनीहरूकाे कर्म/अभियान यहीँ राेकिँदैन, उनीहरू रक्तदान, वृक्षारोपन, राहत वितरणलगायतका कामसमेत गर्न भ्याउँछन् । जुन सिधासिधीरूपमा मानवतासँग जाेडिएकाे छ ।
कार्यारम्भ
फाउन्डेसनले सन् २०१२ बाट नै अनौपचारिकरूपमा बागमती सरसफाइसँगै अन्य जनजीविकासँग जाेडिएका विभिन्न कामहरू गर्न आरम्भ गरेकाे हाे । अध्यक्ष घिमिरे पहिलाेपटक बागमती सरसफाइ थाल्ने संस्था वी लभ यू फाउन्डेसन नै रहेकाे दाबी गर्छन् । ‘बागमती सरसफाइ सर्वप्रथम हामीले नै गरेका हाैँ,’ उनी भन्छन् ।
उनी थप्छन्— ‘हामीले शुरू गरेपछि धेरै संस्थाहरू, धेरै व्यक्तिहरू सरसफाइकै लागि भनेर आए र लाखाैँ खर्च गरे । तर, हामीसँग मात्रै सहकार्य गरेकाे भए सायदै त्यत्ति खर्च हुन्थ्याे । शुरूमा हामीले नै याे कामकाे आरम्भ गरेका हाैँ । उहाँहरूले वी लभ यू फाउन्डेसनसँग सहकार्य गर्नुपर्थ्याे ।’
उनी आफूहरूकाे सरसफाइ अभियान निरन्तर रहने बताउँछन् ।
गुनासाे
वी लभ यू फाउन्डेसनकाे सरकारसँग दु:खमनाउ छ । उनीहरू सरकारले आफूहरूजस्ता अभियन्ताहरूलाई बेवास्ता गरेकाे ठान्छन् । बागमती सरसफाइ सबैकाे सराेकारकाे विषय हुनुपर्नेमा सरकारले आफूहरूलाई उल्टै बेवास्ता गरिरहेकाे भन्दै अध्यक्ष घिमिरे सुनाउँछन्- ‘सरकार हामीलाई बेवास्ता गर्छ, हामीजस्ताे अभियान्ताहरूलाई बेवास्ता गर्छ । यसमा हामीलाई दु:ख छ ।’
सरसफाइकाे क्रममा हातखुट्टा काट्ने, चाेटपटक लाग्नेजस्ता समस्याहरू आफूले प्राय:गरेर भाेगिरहेकाे सुनाउँछन् उनी । ‘हामी निस्वार्थरूपमा सरसफाइ गरिरहेका हुन्छाैँ । त्यसबापत् हामीले केही पाउने पनि हाेइन, तर पनि गर्ने नै हाम्राे उद्देश्य । हामीलाई समस्याहरू परिरहेकाे हुन्छ । तर, सरकारी निकायहरू केही भन्दैनन्/साेच्दैनन् ।’ भावी दिनमा भने सहयाेग तथा सहकार्यकाे अपेक्षा राखेकाे अध्यक्ष घिमिरे बताउँछन्, भन्छन्— ‘आउँदाे दिनमा सहयाेग र सहकार्यकाे अपेक्षा गरेका छाैँ ।’
योजना
वी लभ यू फाउन्डेसनसँग आफ्नाे छुट्टै याेजनाहरू हुने गर्छ । आफूसँग भएकाे जनशक्ति, कार्यक्षेत्र र कार्यगत क्षमतासँग ‘ट्याल्ली’ गरेर याेजनाहरू बनाउँछन् । त्यसमा पनि खासगरी सरसफाइकै याेजनाहरूलाई प्राथमिकता राख्ने अध्यक्ष घिमिरे बताउँछन् । ‘हामीसँग आफ्नैखाले याेजनाहरू छन् । त्यसमा पनि हामी सधैँ वातावरण सरसफाइसँग सम्बन्धित याेजनाहरू नै बनाइरहेका हुन्छाैँ ।’
त्यसअघि उनले भने, ‘धाेबीखाेला मात्रै नभएर अन्य सार्वजनिक ठाउँहरूमा पनि वी लभ यू फाउन्डेसनले काम गर्छ/पुग्छ ।’
०००
सरसफाइमा विभिन्न नेताहरूसमेत सहभागी हुने गर्छन् । बुधबार गरिएकाे सरसफाइकाे उद्घाटन नेकपा एमालेका नेता राजन भट्टराईले गरेका थिए । प्रमुख अतिथिको रूपमा सहभागी उनले सरसफाइ सबैकाे दायित्व भएकाे बताए । साथमा राष्ट्रिय दलित आयोगका अध्यक्ष सुन्दर पुर्कुटी, बूढानीलकण्ठ नगर प्रमुख मिठाराम अधिकारीलगायत थिए ।
Waooow 👏we love you foundation best and best👏we always appreciate ❤️