हर्क साम्पाङले देखे देश ‘टाट’ पल्टन लागेको !
मकालु खबर
२०७९ भदौ १७ गते
काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले देश आर्थिक रूपमा टाट पल्टन लागेको भन्दै सबैलाई श्रम गर्न आह्वान गरेका छन् । सामाजिक सञ्जालमा सक्रिय हुने साम्पाङले कुरा बुझ्न केही समय लाग्ने भएपनि पछि पछुतो नहुने दाबी गरेका छन् ।
पुँजीगत भन्दा चालुतिर खर्च बढेको भन्दै साम्पाङले चिन्ता व्यक्त गरेका छन् । ‘देश आर्थिक रूपले टाट पल्टन लागेको देख्दैछु ! पुँजीगत भन्दा चालुतिर खर्च बढेको छ,’ मेयर साम्पाङले भनेका छन्- ‘त्यसैलाई घटाउन र देशलाई बचाउन अब सबैले श्रम गरौँ। मेरो कुरा बुझ्न समय लाग्छ तर पछि पछुतो हुनेछैन !’
मकालु खबर
२०७९ भदौ १७ गते
प्रतिक्रिया
सम्बन्धित