शेखर कोइरालासँग राजनीतिक कुरा मात्रै भयाे : ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले डा।शेखर कोइरालासँग राजनीतिक कुरामा मात्र भएको बताएका छन् ।

विराटनगरमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले शेखर कोइरालासँग कुनै पनि गठबन्धनको कुरा नभई राजनीति विषयमा छलफल भएको बताएका हुन् । विराटनगरमा अनेरास्ववियुले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सहभागी हुन आएका ओलीले अधिकांश समय अखिलकै बयानमा बिताएपछि उनलाई सञ्चारकर्मीले डा. शेखर कोइराला र केपी ओली बिचको छलफलको बारेमा सोधेका थिए ।

गठबन्धनको नामदेखि नै इरिटेड भएको बताएका ओलीले गठबन्धनको बारेमा कोइरालासँग कुरै नभएको बताएका थिए । तर राजनीतिक विषयमा भने छलफल भएको खुलासा गरेका छन् । उनले अहिलेको गठबन्धनलाई अपवित्र समेत भन्न भ्याएका छन् ।

अहिलेको गठबन्धन अपवित्र भएकोले एमालेलाई जिताउनको लागि सबै लग्न उनले एमाले निकट विद्यार्थी संगठन अखिललाई आग्रह गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *