गठबन्धन भित्र नेपालको असन्तुष्टि, समानुपातिकमा २० लाख मत ल्याउने दावी

विराटनगर । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आगामी चुनावमा पार्टीले समानुपातिकमा २० लाख मत ल्याउने दाबी गरेका छन् ।

विराटनगरमा पेशागत महासंघले आयोजना गरेका कार्यक्रमलाई सम्बोधन गर्दै समानुपातिकबाट २० लाख मत ल्याएर २० देखि २५ सिट ल्याउने नेपालको दाबी छ ।

अध्यक्ष नेपालले गठबन्धन गरेर सिट बाँडफाँडको बिषयमा काँग्रेसमा अहँकार देखिएको आरोप लगाए । २०७४ सालमा २३ सिट जितेको काँग्रेसले अहिले आएर एक सय सिट दाबी गरेर अहंकार प्रस्तुत गरेको नेपालले बताए । उनले पार्टी भित्र उम्मेदवारको कर्मी नभएको पनि बताएका छन् ।

उनले सहमतिका लागि बालुवाटारमा भईरहेको छलफललाई बालुवा पेल्न खोजिरहेको टिप्पणी गरेका छन् । ‘बालुवाटारमा बालुवा पेलिरहेका छौं, उनले भने, सहमती भएन भनेपनि एक्लै लड्न आँट गर्नुपर्दछ ।’ अहिले चौथो रहेको पार्टी निर्वाचनमा पनि त्यही स्थान कायम गर्नुपर्ने उनको भनाई थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *