नेपाल समाजवादी पार्टीबाट गोरखा-१ मा रुपनारायण श्रेष्ठको सिफारिस

गोरखा । आगामी मंसिर ४ मा हुने संसदीय निर्वाचनको लागि नेपाल समाजवादी पार्टीले गोरखा जिल्लाका उम्मेदवारहरु सिफारिस गरेको छ ।

हिजो बसेको गोरखा जिल्ला समितिको बिस्तारित बैठकले प्रतिनिधिसभा र प्रदेशसभाको लागि प्रत्यक्ष तर्फको उम्मेदवारहरु सिफारिस गरेको छ । समाजवादी विद्यार्थी युनियनको निबर्तमान अध्यक्ष रुपनारायण श्रेष्ठलाई नेपाल समाजवादी पार्टीले जिल्लाबाट प्रतिनिधिसभाको लागि उम्मेदवार सिफारिस गरेको हो ।

पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको गृह जिल्ला गोरखामा नेपाल समाजवादी पार्टीले निम्न अनुसार उम्मेदवार सिफारिस गरेको छ ।

निर्वाचन क्षेत्र नं १ – रुपनारायण श्रेष्ठ, यान प्रसाद भटनिर्वाचन क्षेत्र नं २- डा. बाबुराम भट्टराई निर्वाचन क्षेत्र १ क – गोपाल बाबु श्रेष्ठ, ज्योती कोइराला, कुमार गुरुङ निर्वाचन क्षेत्र १ ख – राजेन्द्र पराजुली निर्वाचन क्षेत्र २ क – ज्ञानेन्द्र कुमाल, दुर्गा भट्टराई, उपेन्द्र देवकोटानिर्वाचन क्षेत्र २ ख – रमेश पोखरेल, धनमाया लामा लगायत रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *