पोखरा विमानस्थल सन्चालनः रिठ्ठेपानी डाँडा काट्न ७२ लाखको टेण्डर

पोखरा । पोखरामा निर्माणाधीन अन्तराष्ट्रिय विमानस्थल सन्चालनका लागि पुर्वपट्टी रहेको रिठ्ठेपानीको डाँडा कटान गर्नुपर्छ ।

लामो समय वातावरणीय प्रभाव मुल्यांकन अन्योलमा रहेको उक्त डाँडाले अन्ततः कटानको स्विकृती पाएको छ । डाँडा काट्नका लागि ७२ लाख रुपैयाँको ठेक्का आह्वान गरिएको छ ।

नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले अक्टोवर ११ सम्म टेण्डर भर्ने समय रहेको बताए । विमानस्थल सन्चालन अघि नै डाँडा काटिसक्ने उनको भनाइ छ ।

उक्त डाँडाको १४ मिटर उचाइ काट्नुपर्छ । डाँडा काटेपछि मात्रै पोखरामा क्यालिब्रेसन फ्लाइट हुने बताइएको छ । डाँडा आसपासमा रहेका ६ सय वटा रुख काट्न अनुमति वन तथा वातावरण मन्त्रालयले दिएपछि डाँडा कटानको प्रक्रिया अघि बढेको हो ।

रिट्ठेपानी डाँडाको ३ सय ८१ रोपनी क्षेत्रफलमध्ये ८१ रोपनी जग्गा व्यक्ति र ३ सय रोपनी जग्गा सरकारी नाममा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *