गण्डकीको ताल प्राधिकरण कार्यकारी अधिकृतमा देवकोटा नियुक्त
मकालु खबर
२०७९ भदौ २२ गते
पोखरा । राष्ट्रिय ताल प्राधिकरण गण्डकीको प्रमुख कार्यकारी अधिृकतमा डा. कल्पनादेवी देवकोटालाई नियुक्त गरिएको छ । गण्डकी प्रदेश सरकारले देवकोटालाई प्राधिकरण प्रमुख बनाएको हो ।
बुधबार प्रदेशका वन, वातावरण तथा भू संरक्षण मन्त्री दीपक थापाले पद तथा गोपनीयताको सपथ गराए । गोरखा पालुङटारकी देवकोटा अष्ट्रेलियाको भियनाबाट विद्यावारिधि गरेकी हुन् ।
यसअघि अनुप गुरुङ कार्यकारी अधिकृत बनेका थिए । सोचेजस्तो काम गर्न नसकेको भन्दै उनले बीचैमा राजीनामा दिए । १ वर्षदेखि रिक्त उक्त पदमा देवकोटालाई पठाइएको हो । उनको पदावधि चार वर्षको हुने छ ।
ताल तथा सिमसार संरक्षणको सवाल गम्भीर सवाल भएकोले चुनौतिपूर्ण रुपमा लिँदै संरक्षणका लागि देखिने गरी काम गर्न मन्त्री थापाको अनुरोध छ ।
मकालु खबर
२०७९ भदौ २२ गते
प्रतिक्रिया
सम्बन्धित