स्वास्थ्यकर्मीको जागिर छाडेर हिराबहादुर ड्रागन खेतीमा

‘विदेश जान पर्दैन, गाउँमै खेती गरौं’

सुर्खेत । गुर्भाकोट नगरपालिका–१४ भर्लेनीका ३२ बर्षिया युवा हिरा बहादुर घर्ती विगत एक वर्षदेखि ‘ड्रागन फ्रुट’ खेती गरिरहेका छन् । आफूले थालेको सो खेती फस्टाएको देखेर उनी दंग छन् ।

घर्तीलाई कृषि विकास निर्देशनालय कर्णाली प्रदेशले कृषिका लागि अनुदानका रुपमा ५० हजार सहयोग गरेको थियो। यस्तै उनले कृषि विकास बैंकबाट केही रकम ऋण लिए । उनी भन्छन्, ‘आफु सङ्ग भएको रकम पनि लगानी गरेको छु । अहिलेसम्म झण्डै एक करोडको हाराहारीमा लगानी गरेको छु ।’

काठमाडौंको एक अस्पतालमा स्वास्थ्यकर्मी रहेका घर्तीले जागिर छाडेर ‘कर्णाली ड्रागन फ्रुट फार्म’ दर्ता गरेर ड्रागन फुडको खेती गरेका हुन् । घर्तीलाई उनको घर परिवारले सहयोग पनि गरेका छन् । सुरुमा समाजिक संजालमा हेरेर यसतर्फ आकर्षण बढेको र पछि यसबारेमा बुझ्दै आफू अघि अघि बढेको उनले सुनाए ।

अहिले उनले १ विघा जमिनमा ४ हजार बोट रातो र सेतो ड्रागन फ्रुटका बोटहरू रहेका छन्। पहिलो चरणमा लगाएका बोटहरुबाट फल निकालिसकेको र अहिले दोस्रो चरणको फल पाक्ने बेला भएको छ,’उनले भने,‘ ‘तेस्रो चरणका बिरुवा फस्टाईरहेको छन् भने चौथो र पाचौं चरणमा बोटहरु क्रमशः हुर्कदै गइरहेका छन् ।’ड्रागन फ्रुट गर्मी समयको जेठदेखि असोजसम्म मुख्य रूपमा फल्ने गर्छ। बर्षमा चार चरणसम्म यो फल फल्ने गर्छ। यसमा फूल फुल्ने, कोपिला लाग्ने, फल फल्ने क्रम एक साथ चलिरहन्छ। ड्रागन फ्रुट रोपेको १६ बर्षसम्म उत्पादन लिन सकिन्छ। हाल यो फल प्रति केजी ५ सय सम्ममा बिक्री हुने गरेको छ। घर्तीले सो फलको बिरूवा पनि प्रति गोटा २०० रूपैयाँ सम्ममा बेच्ने गरेका छन्। गुर्भाकोट–१२ का हिरा बहादुर घर्ती मात्रै होइन अहिले अरुले पनि विस्तारै यसको व्यावसायिक खेती थालेका छन्।

एक घर एक ड्रागन

युवा अवस्थामा नै कृषि क्षेत्रमा लागेका घर्ती युवाहरुका लागि प्रेरणका स्रोत बनेका छन् । उनले अहिले एक घर एक ड्रागन उदेश्य लिएका छन् । यो फलले शरीरमा रोग प्रतिरोधात्मक क्षमताको वृद्धि गर्ने र मुटु स्वस्थ राख्न, शरीरको तौल सन्तुलन गर्न, क्यान्सर सम्बन्धि रोग, वाथ रोग लगाएत अन्य धेरै रोगहरुको न्यूनीकरणका लागि ड्रागन सेवन फाईदाजन हुने भएकोले प्रत्येक व्यक्तिले आ–आफ्नो घरमा ड्रागन रोपि नियमित सेवन गर्ने गर्दा हाम्रो स्वास्थमा धेरै फाईदा पुर्याउने हुदा ’एक घर एक ड्रागन’ उदेश्य लिएको घर्ती बताउँछन् ।

अहिले हाम्रो देशको मुख्य समस्या रोजगारीको खोजिमा बिदेशीनु हो,उनी भन्छन्,‘यसरी देशका लाखौ युवा बिदेशीने क्रम जारी रहँदा हिरा बहादुर त्यस्ता युवाहरुलाई बिदेश नजान आग्रह गर्दछु । तपाईं विदेश हुँनुहुन्छ भने नेपाल आएर ड्रागन खेती गर्नुस ।’उनका अनुसार ड्रागन फलफुलको राजा हो । जसको सेवनले हरेक उमेर समुहका व्यक्तिहरुलाई फाईदा पुर्याउँछ, त्यसैले यसलाई सबैमाझ पुर्याउने उनको उदेश्य छ ।

मनै देखि कृषि गर्छु भनेर आएका युवाहरुलाई सहयोग गर्न तयार छौं : निर्देशक रोकाय

अहिले सुर्खेतको धेरै भु–भाग बाझो छ । यहाँका धेरै किसानहरुले कृषि छोडेर बिदेशीने प्रचलन बढ्दै गएको छ। यस्तो अवस्थामा नयाँ सोच बोकेर आएका युवा कृषकहरु नयाँ खेतिहरु जस्तैस् ड्रागन खेती, किवी फ्रुट, केजि अम्बा जस्ता नयाँ बालिहरुमा आकर्षित भएको कृषि विकास निर्देशनालयका निर्देशक चित्रबहादुर रोकाय बताउँछन् । उनका अनुसार कृषि बिकास निर्देशनालयको अग्रसरतामा सुर्खेतमा पनि धेरै कामहरु सुरु भएका छन् । हिराबहादुर जस्तै लगाएतका युवाहरु स्वयम् सक्रिय भएर अहिले नयाँ सोचका साथ कृषी क्षेत्रमा आएको र यसले यस क्षेत्रको बिकास र युवाहरुको आकर्षणमा महत्वपूर्ण भुमिका खेल्ने रोकायले बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *