कर्णाली प्रदेश अस्पतालमा ६७ जना डेङ्गीका बिरामी भेटिए

सुर्खेत । कर्णाली प्रदेश अस्पतालमा ७ सय ६५ जनामा गरिएको परीक्षणमा ६७ जना डेङ्गीका बिरामी फेला परेका छन् । श्रावण १ गतेदेखि भदौ २७ गतेसम्म ७ सय ६५ जनामा परीक्षण गरिएको थियो ।

जसमा सबैभन्दा धेरै सुर्खेत जिल्लाका रहेको कर्णाली प्रदेश अस्पतालका ल्याब इन्चार्ज भरत देवकोटाले जानकारी दिए । उनका अनुसार सुर्खेत जिल्लाका मात्रै ५२ जनामा डेङ्गी फेला परेको हो ।

यस्तै दैलेखका ५, कालिकोटका ६, मुगुका १, जाजरकोटका १, सल्यानका १ र बाजुराका १ जनालाई डेङ्गी देखिएको हो । वीरेन्द्रनगर नगरपालिकाको हकमा ६ नं वडा, ४,२ र १२ नं वडामा डेङ्गीका बढी बिरामी फेला परेका हुन् ।

उमेरअनुसार १ देखी १५ वर्ष उमेर समूहका ६ जना, १६ देखी ५० वर्ष उमेर समूहका ५० जना र ५० भन्दामाथि उमेर समूहका ११ जनामा डेङ्गी फेला परेको देवकोटाले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *