नक्कली प्रमाणपत्र पेश गरी जागिर खाने सव-इन्जिनियरविरुद्ध मुद्दा

सुर्खेत । सल्यानको दार्मा गाउँपालिकामा नक्कली शैक्षिक योग्यताको प्रमाण पत्र पेश गरेर करार जागिर खाएका सब-इन्जिनियरविरुद्ध मुद्दा दर्ता गरिएको छ । दार्मा गाउँपालिकामा करार पदमा कार्यरत विष्णु रोकाय विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय सुर्खेतको अनुसन्धानपछि अख्तियारको केन्द्रीय कार्यालयले विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

दार्मा गाउँपालिकामा कार्यरत तत्कालीन करार सव-इन्जिनियर विष्णु रोकायको सम्पूर्ण मार्कसिटहरु नक्कली रहेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला सल्यान, दार्मा गाउँपालिका सल्यानको सव–इन्जिनियर पदमा मिति २०७४।९।१६ देखि २०७६।०२।०८ सम्म करारमा नियुक्ति भई कार्य गरेका विष्णु रोकायले नियुक्तिका बखत पेश गरेको डिप्लोमा सिभिल इन्जिनियरको शैक्षिक प्रमाणपत्र पाल्पा इन्जिनियरिङ कलेज तानसेन पाल्पाबाट जारी भएको भनी झुट्टा प्रमाणपत्र बनाई पेश गरिएको भेटिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *