दैलेख प्रशासनद्वारा एक करोड बढी राजश्व संकलन

दैलेख । जिल्ला प्रशासन दैलेखले २०७८र०७९ मा एक करोड भन्दा बढी राजश्व संकलन गरेको छ । राहदानी शुल्क लगायत अन्य शीर्षकहरू वाट ०७८/०७९ मात्रै जिल्ला प्रशासन कार्यालय दैलेखले १ करोड दुई लाख ६३ हजार २ सय ६१ रुपैयाँ राजश्व संकलन गरेको हो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा यो वर्ष राजश्व संकलनमा उल्लेख्य वृद्धि भएको जिल्ला प्रशासन कार्यालय दैलेखले जनाएको । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा २३ लाख ४१ हजार राजश्व संकलन गरेको जिल्ला प्रशासनले ०७८/०७९ मा १ करोड भन्दा बढी राजश्व संकलन भएको जनाएको छ ।

राजश्व सम्बन्धी मासिक प्रतिवेदन २०७८/०७९ अनुसार परीक्षा शुल्कबाट १४ हजार ३ सय ५०, राहदानीबाट ९८ लाख १ हजार, अन्य प्रशासनिक सेवा शुल्कबाट १ हजार ४ सय ३० रुपैयाँ संकलन भएको छ । त्यस्तै कम्पनी रजिस्ट्रेसन दस्तुर १ लाख २५ हजार ७ सय, हाहतियार इजाजत पत्र दस्तुर २० हजार, न्यायिक दण्ड जरिवाना र जफत बापत २ लाख ३३ हजार २ सय ८१ र प्रशासनिक दण्ड जरिवाना र जफत बापत ६७ हजार पाँच सय गरी जम्मा १ करोड दुई लाख ६३ हजार २ सय ६१ रुपैयाँ राजश्व संकलन भएको मासिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

विगतका आर्थिक वर्ष भन्दा यो वर्ष राजश्व संकलनमा वृद्धि हुनुमा जिल्ला प्रशासन कार्यालय दैलेख ई पासपोर्टलाई सहज ढंगबाट सेवा दिई राहदानीमा राजश्व वृद्धि भएको प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए । कार्य सम्पादन मुल्यांकनमा अति उत्कृष्ट जिल्लामा परेको दैलेख प्रशासन हरेक काम व्यवस्थित गर्दै सेवाग्राहीलाई छिटो छरितो सहज सेवा दिँदै आएको छ ।

आर्थिक वर्ष ०७८/७९ का लागि भएको कार्यसम्पादन सम्झौताको कार्यान्वयनको अवस्था मूल्याङ्कन समितिले सार्वजनिक गरेको मूल्याङ्कन प्रतिवेदनअनुसार ६८ वटा परिसूचकहरूका आधारमा कार्यसम्पादन मुल्यांकनमा दैलेख उत्कृष्ट २२ जिल्लामा परेको हो ।

कार्य सम्पादन सम्झौताको ६ वटा विषयगत क्षेत्रहरू शान्ति सुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागु औषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, मुआब्जा वितरण तथा विकास निर्माणमा समन्वय र आर्थिक प्रशासन अन्तर्गत गरी ६८ वटा परिसूचकहरूमा गरी ९७ प्रतिशत अङ्क प्राप्त गरी जिल्ला प्रशासन कार्यालय दैलेख अति उत्कृष्ट जिल्लामा परेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *