सुर्खेतमा संविधान दिवस (तस्बिरहरू)
मकालु खबर
२०७९ असोज ३ गते
सुर्खेत । संविधानसभाबाट संविधान जारी भएको सात वर्ष पूरा भएको छ । संविधान जारी भएको अवसरमा आज कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा विविध कार्यक्रम गरी संविधान दिवस मनाइँदैछ ।
वीरेन्द्रनगरको मंगलगढीबाट सुरु भएको प्रभातफेरी कार्यक्रमको अहिले सुर्खेत सभाहलमा विशेष कार्यक्रम गरिँदैछ ।
दिवसका अवसरमा सोमबार सुर्खेतमा संविधान दिवस मूल समारोह समितिले गरेको कार्यक्रममा प्रदेश सरकारका प्रमुख तथा प्रतिनिधि, मन्त्री, जनप्रतिनिधि, विभिन्न शाखाका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालयका प्रमुख तथा प्रतिनिधि र नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी सहभागिता रहेको थियो ।
मकालु खबर
२०७९ असोज ३ गते
प्रतिक्रिया
सम्बन्धित