विराटनगरबाट राजश्व छली ल्याएको ४० लाख बराबरको सामान बरामद

विराटनगर । राजश्व चुहावट गरी नेपाल तर्फ अवैध सामान ल्याउँदै गर्दा प्रहरीले एक भारतीय ट्याक्टर नियन्त्रणमा लिएको छ।

विराटनगर महानगरपालिका वडा नं. –१२ रोड शेष चौकमा भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर३८बि२३७८ नम्बरको ट्रयाक्टरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

मोरङ जहदा गाउँपालिका वडा नं. –१ बस्ने ट्र्याक्टर चालक वर्ष १९ को रमेश यादवले राजश्व चुहावट गरी लत्ताकपडा लगायतका सामान ट्याक्टरमा ल्याएको भनी सूचनाको आधारमा नियन्त्रणमा लिइएको प्रहरीको दाबी छ ।

प्रहरीले ट्याक्टर सहित ४० लाख बराबरको सामान बरामद भएको जनाएको छ। नियन्त्रणमा लिएको ट्याक्टर र सामानसहित आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरी पठाइएको डिएसपी श्रेष्ठले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *