पोखरामा फेरि एटीएम फुटाइयो, धादिङका मनोज पक्राउ

पोखरा । पोखराको लेकसाइडस्थित बाराही चोकमा रहेको एनएमबी बैंकको एटीएम फुटाउने प्रयास भएको छ । फुटाउन खोजिरहेको अवस्थामा धादिङ घर भएका मनोज कुमाल पक्राउ परेको छन् ।

सोमबार राति एटीएम फोडेर पैसा निकाल्ने प्रयास गर्दै गर्दा जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई पक्राउ गरेको हो ।

उनको साथबाट प्रहरीले खुकुरी समेत बरामद गरेको छ । उनीमाथी छानविन सुरु भएको कास्की प्रहरी प्रबक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिए । पोखरामा पछिल्लो समय निरन्तर एटीएम फुटाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *