रुस युरोकप छनोटमा पनि प्रतिबन्ध
मकालु खबर
२०७९ असोज ५ गते
काठमाडौँ । युइएफएले रसियालाई २०२४ को युरो छनौटबाट प्रतिबन्ध लगाएको छ ।
रसियालाई युक्रेन आक्रमण पछि फिफा र युइएफएले २०२२ फेब्रुअरीमा प्रतिबन्ध लगाएका थिए । सोहि प्रतिबन्धको निरन्तरता स्वरूप रुसले युरो २०२४ को छनौट प्रतियोगिता खेल्न नपाउने भएको छ ।
रसियालाई फिफाले यस अघि विश्वकप छनौटमा समेत प्रतिबन्ध लगाएको थियो । यो प्रतिबन्धपछि रसियाले लगातार दुई ठुला प्रतियोगिताबाट बाहिरएको छ ।
युक्रेन आक्रमणपछि रसियन क्लबहरु र रसियन राष्ट्रिय टिमलाई फिफा र युइएफएले आफ्ना फुटबल प्रतियोगिताबाट प्रतिबन्ध लगाएका छन् ।
मकालु खबर
२०७९ असोज ५ गते
प्रतिक्रिया
सम्बन्धित