अप्राकृतिक मैथुनको आरोपमा ढकाल पुर्पक्षका लागि जेल चलान
मकालु खबर
२०७९ असोज ५ गते
विराटनगर । विराटनगर महानगरपालिकाका १२ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको आरोपमा पक्राउ परेका गैर सरकारी संस्था मोरङका निलम्बित अध्यक्ष राजेन्द्र ढकाल पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
मोरङ जिल्ला अदालतले तत्काल प्राप्त प्रमाणको आधारमा उनलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको जिल्ला अदालत मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । ढकालमाथि १२ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको आरोप छ ।
गत भदौ १६ गते पक्राउ परेका ढकालमाथि प्रहरीले गरेको अनुसन्धानका आधारमा जिल्ला अदालत मोरङका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले थुनामा राख्न आदेश दिएको हो ।
५० वर्षीय ढकालमाथि ती बालकलाई पटक पटक अप्राकृतिक मैथुन गराएको आरोप लागेको छ । उनी विराटनगरमा एजुकेसन हेल्पलाइन संस्था सञ्चालन गर्दै आएका थिए ।
मकालु खबर
२०७९ असोज ५ गते
प्रतिक्रिया
सम्बन्धित