मोरङ क्षेत्र नम्बर ५ नपाए एक्लै चुनाव लड्ने तयारीमा जसपा

विराटनगर । जनता समाजवादी पार्टीले मोरङले गठबन्धनमा क्षेत्र नम्बर ५ नपर्ने हो भने एक्लै चुनावी अभियानमा जाने तयारी गरेको छ।

जनता समाजवादी पार्टी मोरङ जिल्ला अध्यक्ष राजकुमार यादवले गठबन्धनबाट सिट बाँडफाँट गरेर जाँदा निर्वाचन क्षेत्र नम्बर ५ जनता समाजवादीले पाउनु पर्ने दाबी गरेका हुन् ।

‘यदि क्षेत्र नम्बर ५ पनि जसपाले नपाउने हो भने हामी गठबन्धन गरेर जाँदैनौँ,’ उनले मकालु खबरसँग भने, ‘कोही दललाई काखा, कोही दललाई पाखा लगाएर जाने गठबन्धनको रणनीति हुनुहुँदैन ।’

उनले गठबन्धनभित्र जसपाको भागमा मोरङ क्षेत्र नम्बर ५ परेन भने एक्ला एक्लै चुनाव लडेर जाने अवस्था आउन सक्ने चेतावनी समेत दिए । यादवका अनुसार अहिले निर्वाचन क्षेत्रमा आन्तरिक चुनावी गतिविधि भइरहेको छ।

चुनाव नजिकिँदै जाँदा कार्यकर्ता तहमा भेटघाट र छलफललाई तीव्र बनाएका छौँ,’ उनले भने, अहिले सहरभन्दा पनि गाउँ केन्द्रित कार्यक्रम बढी भइरहेका छन् ।

यस अघि २०७४ सालको निर्वाचनमा क्षेत्र नम्बर ५ बाट जनता समाजवादीले प्रदेशमा मात्र एक सिट जितेको थियो । समानुपातिकमा २ जना र प्रत्यक्षमा १ जना गरी प्रदेश सभामा ३ जना सदस्य रहेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *