एसियन कप छनोटका लागि यू-१७ खेलाडी भियतनाम प्रस्थान
मकालु खबर
२०७९ असोज १५ गते
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले भियतनाम जाने यू–१७ फुटबल टोलीलाई बिदाइ गरेको छ ।
एन्फाले शनिबार एएफसी एसियन कप छनोटका लागि भियतनाम जाने टोलीलाई बिदाइ गएको हो ।
एन्फाका उपाध्यक्ष वीरबहादुर खड्का र सदस्य रुपेश अधिकारीले खेलाडीलाई बिदाइ गरे । नेपाली टोली भोलि आइतबार त्यसतर्फ प्रस्थान गर्ने छन् ।
विदाई कार्यक्रममा एन्फा उपाध्याक्ष खड्काले आफ्नो भविष्य निर्माणका लागि गम्भीर र अनुशासित भएर खेल प्रदर्शन गर्न सुझाव दिए । उनले एन्फामा बिगतदेखि रहेको समस्या छिटै समाधान हुने प्रतिवद्धता जनाए ।
समूह एफमा नेपालसँगै थाइल्याण्ड, भियतनाम र चाइनिज ताइपेई छन् । नेपालले प्रतियोगिताको पहिलो खेलमा बुधबार थाइल्याण्डको सामना गर्नेछ । मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले नेपाली टोलीको घोषणा गरिसकेका छन् ।
मकालु खबर
२०७९ असोज १५ गते
प्रतिक्रिया
सम्बन्धित