सिट बाँडफाँट टुंग्याउन सत्ता गठबन्धनको बैठक बस्दै
मकालु खबर
२०७९ असोज १८ गते
काठमाडौं । सिट बाँडफाट टुंग्याउन सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्दैछ । बैठक अहिले ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बताइएको छ । आजको बैठकमा आगामी ४ मंसिरका लागि तय भएको निर्वाचनमा सिट बाँडफाँट गरी उम्मेदवारी दिने बिषयमा छलफल हुने जनाइएको छ ।
झण्डै दुई महिनादेखि जारी प्रयासले आज अन्तिम रुप लिने नेताहरुले बताएका छन् ।
गठबन्धनको मुख्य सहयोगी जनता समाजवादी पार्टी, नेपालले गठबन्धन भन्दा बाहिर पनि विकल्प खोज्ने निर्णय गरेको केही दिनमा नै बसिरहेको बैठकले प्रतिनिधिसभाका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने पार्टीको नाम टुंगो लगाउने बुझिएको छ ।
मकालु खबर
२०७९ असोज १८ गते
प्रतिक्रिया
सम्बन्धित