अमलेखगंज दुर्घटना अपडेट : मृतकको सङ्ख्या १५ पुग्यो
मकवानपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको अमलेखगन्जमा बिहीबार बिहान भएको बस दुर्घटनामा १५ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।
हेटौंडा अस्पतालमा मात्रै १२ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा मृत्यु हुनेमा नौ पुरुष र छ महिला रहेका छन् ।
चितवनको नारायणगढबाट विरगञ्जतर्फ गइरहेको बागमती प्रदेश ०६–००१ ख ०११० नम्बरको बस सडकमा अनियन्त्रित भइ दुर्घटना भएको हो । दुर्घटनामा ३६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक बलराम श्रेष्ठले जानकारी दिए ।
गम्भीर घाइेतेको तीन जनाको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको हो । घाइतेको हेटौँडा अस्पताल, चुरेहिल अस्पताल र मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेकोे छ ।
घाइते २० जनालाई थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर पठाइएको छ । उनीहरुलाई हेटौंडाको विभिन्न अस्पतालमा प्राथमिक उपचारपछि चितवन पठाइएको प्रहरीले जनाएको छ ।
मृतकको सनाखत हुन बाँकी छ ।