स्याङजामा भएन गठबन्धन, सबै क्षेत्रमा कांग्रेसको एकल उम्मेदवारी
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
![स्याङजामा भएन गठबन्धन, सबै क्षेत्रमा कांग्रेसको एकल उम्मेदवारी](https://www.makalukhabar.com/wp-content/uploads/2022/10/kangress-mk.jpg)
पोखरा । स्याङजाका सबै क्षेत्रमा कांग्रेसले एकल उम्मेद्वारी दिएको छ । प्रतिनिधिसभाका दुईवटै सीट र प्रदेशसभाका २ सीट कांग्रेसको भागमा परेको थियो । तर स्याङजा कांग्रेसले सबै क्षेत्रमा आफ्नै उम्मेद्वार उठाएको हो ।
सबैले पार्टीको टिकट लिएर उम्मेद्वारी दर्ता गराएका बताइएको छ । प्रतिनिधिसभा क्षेत्रतर्फ १ मा जिल्ला सभापति राजु थापा र २ मा केन्द्रीय उपसभापति धनराज गुरुङले उमेदवारी दर्ता गराएका छन् ।
प्रदेशसभा तर्फ १ (क) मा मेखलाल श्रेष्ठ, १ (ख) मा कुमार रानाले उम्मेद्वारी दिए । यस्तै, २ (क) बाट भोजराज अर्याल र (ख) बाट महेश भट्टराईको उम्मेद्वारी परेको छ । स्याङजा १ (क) मा माओवादीकी अमृता थापा मगरले टिकट पाएकी थिइन् भने २ (क) बाट एकीकृत समाजवादीका रामचन्द्र भट्टराईले टिकट पाएका थिए ।
तर दुवैका विरुद्ध कांग्रेसले मनोनयन दर्ता गराएको हो । थापा र भट्टराईले पनि उम्मेद्वारी दिएका छन् ।
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)