पोखरा म्याराथनलाई अन्तर्राष्ट्रिय मान्यता

पोखरा । पोखरा म्याराथन रुटले अन्तर्राष्ट्रिय मान्यता पाएको छ । एसोसिएसन अफ इन्टरनेसनल म्याराथन्स एन्ड डिस्टेन्स रेसेस (एम्स) ले उक्त रुटलाई आधिकारिकता प्रदान गरेको हो ।

एम्सले म्याराथन ४२.१९५ किमी, १० किमी र २१ किमी (हाफ म्याराथन) लाई आधिकारिकता प्रदान गरेको छ । पोखरा अन्तर्राष्ट्रिय म्याराथनको रुट मापन नहुँदा १६ औँ संस्करणसम्म आयोजना भैसकेको खेलले आधिकारिकता पाएको थिएन । नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीका अनुसार अब उक्त रुट आधिकारिक भएको छ ।

एम्सका प्रतिनिधि पोखरा आएर म्याराथन रुटको मापन गरेका थिए । पोखरा म्याराथन पोखरा रङ्गशालाबाट सुरु भएर महानगरका १७ वटा वडा परिक्रमा गर्दै पुनः रङ्गशालामा पुगेर टुङ्गिने छ । यो वर्ष फागुन ६ गते उक्त म्याराथन हुँदै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *