इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको पहिलो हार
मकालु खबर
२०७९ असोज ३१ गते
काठमाडौँ । इंग्लिस प्रिमियर लिगको जारी सिजनमा म्यानचेस्टर सिटीको पहिलो हार खाएको छ । आइतबार राति भएको खेलमा सिटी लिभरपुलसँग १–० गोल अन्तरले पराजित भएको हो।
आइतबारको खेलमा लिभरपुललाई जित दिलाउने क्रममा खेलको ७६ औं मिनेटमा मोहम्मद सलाहले निर्णायक गोल गरेका थिए।
यससँगै लिगमा सिटीले १० खेलबाट २३ अंक जोडेको छ।लिगको शीर्षस्थानमा रहेको आर्सनलले समान खेलबाट २७ अंक जोडेको छ। आठौं स्थानमा रहेको लिभरपुलले भने ९ खेलबाट १३ अंक हात पारेको छ।
मकालु खबर
२०७९ असोज ३१ गते
प्रतिक्रिया
सम्बन्धित