रामघाटमा अस्ताए मिसिन, सँगै लगे स्वर्ण जित्ने सपना

पोखरा । मंगलबारसम्ममा प्याराग्लाइडिङ प्रतियोगिताको छिनोफानो भैसकेको हुन्थ्यो । सम्भवतः मिसिन स्वर्णका दाबेदार हुन् । प्याराग्लाइडिङका सबैजसो पाइलट र प्रतिस्पर्धीलाई नै लागेको थियो, यो पदक निसिमले जित्दै छन् । आठौँ राष्ट्रिय खेलमा रजत जितेका निसिमले आफ्नो कौशल बढाएका थिए । उनी अहिले पनि आर्मीबाट प्रतिस्पर्धामा थिए ।
साहसिक खेलकुद प्याराग्लाइडिङ लिएर सराङकोटबाट स्वर्णका लागि उडान भरेका मिसिन भुईंमा खस्दा सदाका लागि अस्ताए । सराङकोटबाट उडान भर्ने क्रममा निर्माणाधीन घरमा ठोक्किएका उनी गम्भीर घाइते भए । उपचारका क्रममा आइतबार नै मेट्रोसिटी अस्पतालमा उनको मृत्यु भयो । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोस्टमार्टम पछि मिसिनको शव बौद्ध अर्घौं  सदन हुँदै रामघाटमा लगेर अन्त्यष्टी गरिएको छ ।
२०५१ असारमा गोरखाको पालुङटारमा जन्मिएका उनी पोखराको हस्पिटल चोकमा बस्दै आएका थिए । उनलाई आर्मीका अधिकारीको लस्कर सहित रामघाट पुरको थियो । राष्ट्रिय खेलकुद प्रतियोगिताकै समयमा उनको खेलकै क्रममा मृत्यु भएपछि राखेप समेत मर्माहत भएको छ ।
उनको अन्त्येष्टिमा नेपाली सेनाको मध्यकमाण्ड हेडक्वार्टरका पृतनापति बाबुराम श्रेष्ठ, आफन्त, पोखराका मेयर धनराज आचार्य, राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङ, प्रदेश खेलकुदका पदाधिकारी, खेलाडीहरूले श्रद्धाञ्जली दिए ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *