समूह विजेता बन्दै एपीएफ फुटबलको सेमिफाइनलमा
पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा एपिएफ समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ । लामाचौरस्थित गोस्तेघाटमा भएको प्रतिस्पर्धामा बागमती प्रदेशलाई ३–१ गोल अन्तरले हराउँदै एपिएफ समूह ‘बी’को विजेता बनेको हो ।
जीतसँगै एपिएफको ६ अंक छ । पहिलो हाफमा १ गोलले पछि परेको एपिएफले दोस्रो हाफमा सुन्दर पुनरागमन गर्दै जित निकालेको हो । बागमतीले खेलको सुरुवातदेखि नै एपीएफलाई निकै दबाबमा राखेको थियो । खेलको ४६ औँ मिनेटमा अभिषेक रिजालले गोल गर्दै बागमतीलाई अग्रता दिलाए ।
६५ औँ मिनेटमा एपीएफका प्रदीप लामाले उत्कृष्ट गोल गर्दै खेलमा पुनरागमन गराए । प्रदीप लामा र सनिस श्रेष्ठबिचको उत्कृष्ट तालमेलसँगै बराबरी गोल गर्न सफल भएको हो । ७६ औँ मिनेटमा नवीन लामाले उत्कृष्ट गोल गरे । डिबक्स नजिकैबाट गरेको सशक्त प्रहार ब्रसकारमा लाग्दै गोल हुन पुग्यो । ९१ औँ मिनेटमा नवीन लामाले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३–१ को स्थितिमा पु¥याए ।
यसअघि एपिएफले मधेस प्रदेशलाई ६–० ले हराएको थियो भने बागमतीले मधेशलाई २–० ले हराएको थियो । हारसँगै अंकविहीन बनेको मधेस प्रदेश लिगचरणबाटै बाहिरिएको छ ।