महिला फुटबलमा गण्डकी एपिएफसँग ५–० ले पराजित 

पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सोमबार स्याङजाको वालिङमा भएको महिला फुटबल प्रतियोगितामा एपिएफ विजयी भएको छ ।
गण्डकी प्रदेशलाई ५–० गोल अन्तरले हराउँदै एपिएफले जीत निकालेको हो । खेलको दोस्रो मिनेटमा एपिएफकी रञ्जना दर्जीले पेनाल्टी मार्फत पहिलो गोल गर्दै टीमलाई अग्रता दिलाएकी थिइन् । छैटौँ मिनेटमा अनिता केसीले अर्को गोल गरिन् ।
३७ औँ मिनेटमा सरु लिम्बुले तेस्रो गोल गर्दा पहिलो हाफ ३–० मा समेटियो । खेलको ८३ औँ मिनेटमा पुनः रञ्जना दर्जीले व्यक्तिगत दोस्रो तथा टिमका लागि चौंथो गोल गरिन् । ८८ औँ मिनेटमा अनिता बस्नेतले पाँचौँ गोल गरेकी हुन् ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *