उम्मेदवारसँग खेल मैदान र कभर्डहलको ब्यवस्था गर्न युवाको माग
विराटनगर । मोरङ क्षेत्र नंं. ४ का युवाहरुले चुनावी अभियानमा बेलबारी ७ को घरदैलोमा पुगेका नेकपा एमालेका प्रतिनिधिसभा सदस्य विनोद ढकालसंग स्थानीय युवाहरुले खेल मैदान र कभर्ड हलको माग गरेका छन् ।
क्षेत्रका जनतासंग सुझाव संकलन गर्दै घरदैलो अभियानमा रहेका ढकाललाई सोमबार बेलबारी नगरपालिका ७ का युवाहरुले खेलकुदको विकासमा ध्यान दिन सुझाव दिए । यस्तै त्यहाँका जनताले रोजगारी, सिचाईं, बाटोघाटोलगायतका समस्याका बारेमा ढकाललाई ध्यान दिन सुझाव दिए ।
उम्मेद्वार ढकालले आएका सुझावहरु अत्यन्तै सान्र्दभिक रहेको भन्दै त्यसलाई सम्बोधन गरिने बताए । खेलकुदको विकास र खेलाडीको प्रर्वधनका लागि मोरङ क्षेत्र नं. ४ मै पर्ने बैजथानपुरको क्रिकेट रंगशालालाई खेल ग्रामको रुपमा विकास गर्ने बताए ।
उनले भने ‘खेलग्राममा विकास गरेसंगै विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय प्रतियोगिताहरु हुन्छन् । जसले खेलाडीहरुको उत्पादन र व्यवसायीकताको विकास हुन्छ ।’ यस्तै विभिन्न क्षेत्रमा रहेका खेल मैदानहरुको स्तरोन्ती र आवश्यकता अनुसारका कर्भडहलहरु निमार्ण गर्दै लगिने बताए । यस्तै मोरङ क्षेत्र नम्बर ४ प्रदेश (ख) का उम्मेदवार जीवन घिमिरेले कटहरीका नागरिकका अपेक्षा अनुसार काम गरेको बताए ।
आफु निर्वाचन भएको ५ बर्षमा धेरै काम गरेकोले आफुले थालेका केही काम अपुरा रहेकोले ति अपुरा कामलाई आगमी ५ बर्षमा पुरा गरेर देखाउने उनले बताए ।
जीवन घिमिरे कोभिडको महामारीको बेला तथा नागरिकका समस्यामा सँधै सही निर्णय लिएर काम गर्ने नेतामा गनिन्छन् ।