नवौं राष्ट्रिय प्रतियोगिताका लागि पोखरामा बिहीबार सार्वजनिक बिदा

पोखरा । नवौं राष्ट्रिय खेलकुदको समापनका लागि बिहीबार आधा दिन पोखरामा सार्वजनिक बिदा हुने भएको छ । पोखरा महानगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

पोखरामा नवौं प्रतियोगिता हुनु गौरवको विषय भएको भन्दै महानगरले समापन समारोहमा सहभागी हुन सबै पोखरेलीलाई आह्वान गरेको छ । बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतियोगिता समापन गर्ने छन् ।

महानगरका महाशाखा तथा शाखाहरू, वडा कार्यालयहरू, सामुदायिक तथा संस्थागत विद्यालय एवं मन्टेश्वरीहरुमा कार्तिक ३ गते बिहीबार दिउँसो १ बजेपछि विशेष बिदा दिइएको मेयर धनराज आचार्यले जानकारी दिए । प्रतियोगिता अन्तर्गत रंगशाला प्रवेशका  लागि प्रदर्शनी केन्द्रबाट पास वितरण गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *