कार्यकर्तालाई गठबन्धन दलका नेताको आश्वासन, ‘सरकार बनेपछि अवसरै अवसर’

विराटनगर । गठबन्धन दलका नेताहरुले कार्यकर्तालाई भुल्याने आश्वासन बाँडेका छन् । विराटनगरमा सत्तापक्षीय गठबन्धनले आयोजना गरेको भेलामा बोल्दै नेताहरुले गठबन्धनले जिते गठबन्धनमा मन दुखाएका नेताहरुले अबसर नै अबसर पाउने बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनको सरकार बने कार्यकर्ताको लागि अवसर नै अवसर नै प्राप्त हुने बताएका हुन् । प्रधानमन्त्री देउवाले निर्वाचन पछि कोहीलाई राजदुत कोहीलाई कता कोहीलाई कता ब्यवस्थापन गरेर अहिलेका असन्तुष्टिलाई समाधान गरेर जाने प्रतिबद्धता जनाए । उनले आफुले हिजोपनि हसिया हथौडामा मतदान गरेको बताउँदै देउवाले भोटहाल्ने कसैलाई अप्ठेरो नमान्ने आग्रह गरे । उनले अहिलेको गठबन्धन संविधान र गणतन्त्रको रक्षाको लागि भएकोले उनले बताए ।

कार्यक्रममा बोल्दै नेकपा माओवादी कन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनको सरकार भनेसँगै नेता कार्यकर्ताहरुको लागि अवसर नै अवसर दिने आश्वासन दिए । ‘हाम्रो सरकार बनिसकेपछि अवसर नै अवसर तपाईंहरुलाई हुनेछ,’ प्रचण्डले भने, अन्याय भएको जस्तो लागेकाहरुको पनि सम्बोधन निर्वाचनपछि हुनेछ ।’

जो साथिहरुलाई अलिकति अन्याय भएकोजस्तो लागेको छ तीनलाई पनि सम्बोधन गरिने प्रचण्डले भनेका छन् । उनले आगामी ४ मंसिरको चुनाव सामान्य नभएको र एउटा आन्दोलन नै भएको बताए।
उनले अहिले पनि आफूहरुविरुद्ध षडयन्त्र नरोकिएको बताए। ‘गठबन्धनका सबै साथिहरुलाई कुरो गहिरो छ, अहिलेपनि षडयन्त्र रोकिएको छैन्। हामी अन्तिम रुपमा विजयको यात्रातिर छौं,’ प्रचण्डले भने, ‘यो निर्वाचन एउटा यस्तो खुड्किलो हो जहाँबाट हामी लोकतन्त्र र परिवर्तनका विरोधीहरुलाई, प्रतिगामी शक्तिहरुलाई परास्तर गरेर विकास र समृद्धिको आधार तय गर्न सकूँ।’

नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिलेको गठबन्धन असल कामको लागि भएको बताए । ‘गठबन्धनको उदेश्य जनतालाई लुटौँ, भ्रष्टाचार गरौँ भन्ने हैन, उनले भने, गठबन्धन असल कामको लागि हो, सत्ता प्राप्ती गर्नु मात्र हैन ।’ उनले तथ्य र प्रमाणको आधारमा गठबन्धन बिरोधीका बिरुद्धमा लाग्न आग्रह गरे । नेकपा एमालेले गरेको गठबन्धनलाई अपबित्र गठबन्धन भनेका नेपालले फेरी पनि अपवित्र गठबन्धन गरेर अधिनायकवादले टाउको उठाउन खोजेको बताए । उनले अहिलेको गठबन्धन नगरेको भए ओली तहलाग्ने अबस्था नै नभएकोले आफुहरुले बिद्रोह गरेर ओली बिरुद्धको गठबन्धन गर्नु परेको नेपालले बताए ।

उनले प्रदेश १ को भेलामा कार्यकर्तामा उत्साह नपाएको पनि बताएका छन् । ‘मैले प्रदेश १ को भेलामा उत्साह कम पाएँ, उनले भने, मन कुडिँएर हो वा भोक लागेर हो, किन हो ?’ नेताहरुलाई उत्साहित बनाएर पठाउनु पर्नेमा त्यस्तो उत्साह आफुले नपाएको उनले सभामा भनेका छन् । कार्यक्रमलाई नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, डा शेखर कोईरालाले सम्बोधन गरेका छन् । उनीहरुले अहिलेको अबश्यकता गठबन्धन नै भएको बताए । गठबन्धनलाई चुनाव पछिसम्म पनि कायम राख्नु पर्नेमा काईरालाले जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *