रियल म्याड्रिडको सिजनको पहिलो हार, चेल्सी नकआउट चरणमा

काठमाडाैँ। स्पेनिस महराथी रियल म्याड्रिडले यस सिजनमा पहिलो हार बेहोरेको छ । च्याम्पियन्स लिगको समूह चरणमा जर्मन क्लब आरवी लाइप्जिगसँग ३-२ ले पराजित भएसँगै रियलले यस सिजनमा पहिलो हार बेहोरेको हो ।

मंगलबार राति भएको खेलमा रियललाई सिजनको पहिलो हार चखाउन जोसको भार्दिओल, क्रिस्टोफर एनकुनकु र टिमो वेर्नरले गोल गरे । रियलका भिनिसियस जुनियर र रोड्रिगोले गोल गरेपनि हार टार्न सकेन ।

यस नतिजासँगै अंक तालिकामा रियल ५ खेलमा १० अंक जोड्दै शीर्षस्थानमा छ । लाइप्जिगको ५ खेलमा ९ अंक र शाख्तरको ५ खेलमा ६ अंक छ । सेल्टिक २ अंक जोड्दै समूह चरणबाट बाहिरिसकेको छ ।

इंग्लिस क्लब चेल्सी एफसी साल्जबर्गको मैदानमा मंगलबार २-१ को जित दर्ता गर्दै चेल्सी अन्तिम १६ मा अघि बढेको छ । चेल्सीको जितमा माटियो कोभाचिच र काइ हाभर्ट्जले १-१ गोल गरे । साल्जबर्गका लागि जुनिअर अडामुले बराबरी गोल गरेका थिए ।

चेल्सीले समूह ई मा ५ खेल खेल्दै १० अंक जोडेको छ । दोस्रो स्थानको साल्जबर्गभन्दा चेल्सीको ४ अंक बढी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *