महोत्तरीमा दुई समुदायबीच झडप : पाँच भन्दा बढि घाइते, ४ बजेबाट कर्फ्यु (भिडिओ)

काठमाडौँ । महोत्तरीमा दुई समुदायबीच झडप भएको छ । महोत्तरीको भंगहा नगरपालिका ८ मा हिन्दू र मुस्लिम समुदायबीच झडप भएको हो ।

हिन्दू सम्राट सेनाले निकालेको शोभायात्रा मुस्लिम बस्तीमा पुगेपछि घरको छतबाट ढुंगामुढा सुरु भएको थियो । त्यसपछि दुई समुदायबीच झडप शुरु भएको स्थानीयको भनाइ छ ।

उक्त स्थानमा स्थिति नियन्त्रणका ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

झडपका क्रममा ढुंगामुडाबाट डिएसपी चन्देश्वर यादवसहित केहि प्रहरी समेत घाइते भएका छन् ।

महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले मकालुखबरलाई जानकारी गराए अनुसार हाल अवस्था सामान्यमा आएको छ । भने, उक्त स्थानमा ४ बजेदेखि कर्फ्यु लगाइएको छ । न्यौपानेले भने, ‘ घटनाको सम्पुर्ण जानकारी आउँन बाकी छ । हाल पाँच जना भन्दा बढि घाइते भएको भन्ने जानकारी आएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *