चाडबाडमा मतदातासँग रमाउँदै घिमिरे
विराटनगर । नेकपा एमालेको तर्फबाट मोरङ क्षेत्र नम्बर ४(ख) बाट उम्मेदवार बनेका जीवन घिमिरेले चाडबाडमा पनि चुनावी अभियानलाई तिब्र बनाएका छन् । आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनको लागि घिमिरेले चुनावी अभियान भेटघाट लक्षित गरेका छन् ।
मतदाता भेटघाटका क्रममा कटहरी गाउँपालिका वडा नम्बर ३ की सुनिता कामत विकासका मुद्दा अघि सारिन् । यस अघि निर्वाचित भएर गएपछि धेरै काम गरेकोमा प्रशंसा गर्दै आगामी निर्वाचनबाट विजयी भएर गएपछि अझै धेरै देखिने खालका कामहरु गर्न सुझाव दिईन् ।
‘नागरिकका समस्या सुन्न बेला बेला जीवन घिमिरे आईरहनुहुन्छ, उनले भनिन्, हिजो पनि जिताएर पठाएको हो, भोली पनि गाउँका सबै सहयोग गरेर जाने पक्षमा छन् ।’
कटहरीकै विकास राजवंशीले राजबंशी समुदायको भवन निर्माणमा सरकारमा रहँदा सहयोग गरेको भन्दै घिमिरेको प्रशंसा गरे ।
जातीय नारा मात्र लगाउने तर नागरिकका आबश्यकताको पहिचान नै नहुने गरेको अबस्थामा यो बिचमा राजबंशी समुदायको संस्कृतिको संरक्षणका लागि कार्यक्रमहरु गर्नमा घिमिरेको योगदान महत्वपुर्ण रहेको उनले बताए । मतदाता भेटघाटका क्रममा घर घरमा पुगेका जीवन घिमिरेले नागरिकका धेरै अपेक्षहरु रहेको भएपनि केही काम पुरा गरेको र बाँकी कामहरु पुरा गर्दै जाने बताए ।
‘धेरै कामहरु मैले मेरो निर्वाचन क्षेत्रमा गरेको छु, उनले भने, बाँकी रहेका केही कामहरु निर्वाचन पछि पुरा गर्दै लग्नेछु ।’ २०७४ सालको निर्वाचनमा यही निर्वाचन क्षेत्रबाट घिमिरे भारी मतका साथ निर्वाचित भएका थिए ।
उनले यो ५ बर्षमा आफ्नो निर्वाचन क्षेत्रमा धेरै काम गरेर नागरिकको मन जित्न सफल भएको मतदाताले नै बताउने गरेका छन् ।