ओलीले संविधान नै ध्वस्त पारे : घनश्याम भुसाल (भिडिओ)
ओलीको दम्भका कारण पार्टी त्याग गर्नु पर्यो
काठमाडौँ । नेकपा एमाले परित्याग गरि स्वतन्त्र उम्मेदवार बनेका घनश्याम भुसालले चुनाव जित्नका लागि मात्र नभई संविधानलाई बचाउन गठबन्धन गर्नुपरेको बताएका छन् ।
सोमबार रुपन्देही क्षेत्र नं–१, ख को निर्वाचन प्रचार प्रसार तथा परिचालन मूल समितिको कार्यालय उद्घाटन गर्दै भुसालले केपी ओलीले संविधान नै ध्वस्त पारेर मुलुकलाई फेरी द्वन्दतिर धकेल्ने प्रयास गरेकाले संविधान जोगाउनका लागि गठबन्धन बनेको बताएका हुन् ।
केपी शर्मा ओलीले पार्टीलाई नै कब्जा गरेर संविधान माथि प्रहार गरेको बताउदै उनले ओलीको दम्भका कारण आफुले पार्टी त्याग गर्नुपरेको र लोकतन्त्र रोज्ने की ओली रोज्ने क्रममा आफूले सविधान बचाउने काम रोजेको जिकिर गरे ।
भुुसालले राजनीति स्थिरता,देशको विकास,सम्वृदि्धका लागी पनि आफुहरुले जित्नुपर्ने बताए ।
त्यस्तै कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता तथा रुपन्देही क्षेत्र नं–१, ख प्रदेश सभा सदस्य पदका उमेदवार अब्दुल रज्जाकले संविधान च्यात्न खोज्ने दललाई अब भोट दिन नहुने तर्क गरे ।
ओलीको दम्भका कारण पार्टी त्याग गर्नु पर्यो : घनश्याम भुसाल pic.twitter.com/I29qK01Qkq
— Makalu Khabar (@makalukhabar) October 31, 2022