रुपन्देहीमा राजु गुरुङपछि कमल भुसालको उम्मेदवारी खारेजी
मकालु खबर
२०७९ कार्तिक १५ गते
काठमाडौं। रुपन्देहीमा राजु गुरुङपछि डा. कमल भुसालको उम्मेदवारी खारेजी भएको छ । डा भुसालको उम्मेदवारी निर्वाचन आयोगले गरेको खारेजीको निर्णय सर्वोच्च अदालतले पनि सदर गरिदिएको छ ।
डा भुसालले रुपन्देही– २ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएका थिए । सरकारी छात्रवृत्तिमा एमडी अध्ययनरत रहेको र जीवन निर्वाह भत्ताबापत मासिक रकम बुझ्ने गरेको पाइएपछि डा भुसालको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएको हो ।
न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले हाम्रो नेपाली पार्टीका डा भुसालको रिट खारेज गर्ने फैसला गरेको हो ।
रुपन्देही क्षेत्र नं २ मा नै यसअघि नेकपा एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको थियो ।
मकालु खबर
२०७९ कार्तिक १५ गते
प्रतिक्रिया
सम्बन्धित