नारायणी किनारमा यसरी मनाइयाे हरिबोधनी एकादशी (तस्बिरहरू)

चितवन । आज हरिबोधिनी एकादशी । नारायणी नदी किनारमा ठूलो संख्यामा भक्तजनाहरु आएका छन् ।

वर्षमा पर्ने २४ एकादशीमध्ये सबैभन्दा ठूलो एवम् महत्वपूर्ण एकादशी मानिन्छ हरिबोधनी एकादशीलाई।  हिन्दू धर्ममा एकादशीलाई भगवान् विष्णुको उपासना गर्ने पर्वको रूपमा लिइन्छ । आषाढ शुक्ल एकादशीको दिन क्षीर सागरमा सुत्नुभएका भगवान विष्णु आजैको दिन उठ्नुहुने पुराणहरूमा उल्लेख गरिएको छ ।

आज पवित्र देवघाटधाममा पनि विष्णुको प्रतीकको रुपमा तुलसीको विवाह र विशेष पूजा गरी हरिबोधनी एकादशी मनाइएको छ । नारायणी नदी किनारमा तुलसीको विवाह गरी हजारौँ संख्यामा आएका भक्तजनहरुले हरिबोधनी एकादशी मनाएका छन् ।

तस्बिरहरू 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *