मोरङ ४ (ख) का उम्मेदवार घिमिरेको आक्रामक चुनावी अभियान 

विराटनगर । मोरङ ४ (ख) का एमाले उम्मेदवार जीवन घिमिरेले निर्वाचन क्षेत्रमा चुनावी अभियान आक्रामक बनाएका छन् । विराटनगरका १, २, ३, ८, १०, कटहरीका १, २ र ३ मा घरदैलो, टोलभेला तथा मतदाता भेटघाटलाई तीव्र पारेका हुन् ।

एमाले उम्मेदवार घिमिरे मतदाताका घर–घरमा पुग्दा छुट्टै उत्साह दिने गरेका छन् । प्रदेशका मन्त्री भएको वेला घिमिरेले गरेको कामबाट मतदाता  प्रभावित भएका बताउने गरेका छन् । मतदाताको घरदैलोमा घिमिरे पुग्दा ‘तपाईँबाट ठुलो आशा गरेका छौँ’ भन्ने गरेका छन् । एउटा जनप्रतिनिधिले कतिसम्म काम गर्ने सक्दो रहेछ भनेर तपाईँबाट थाहा भयो विराटनगर ८ का मनोज महतोले बताए ।

विराटनगर ३ मा घिमिरे मतदाताको घर–घरमा पुग्दा छुट्टै उत्साह दिएका थिए । घिमिरे प्रति जेष्ठ नागरिकले बढी भरोसा गरेको बताएका छन् । मन्त्री भएका समयमा जेष्ठ नागरिकको भवन निर्माण, दिवा केन्द्र सञ्चालनमा सहयोग लगायतका कारण जेष्ठ नागरिकहरू खुशी भएका छन् । घिमिरेले चुनाव जितेमात्रै जेष्ठ नागरिकको पक्षमा काम हुने उनीहरूको भनाई छ ।

एमाले उम्मेदवार घिमिरेले ५ वर्षमा निर्वाचन क्षेत्रको समग्र विकासकालागि उल्लेखनीय काम गरेका छन् । सडक निर्माण, कालोपत्रे, स्तरोन्नति, सामुदायिक भवन निर्माण, जेष्ठ नागरिकको भवन निर्माण, प्रविधिमैत्री विद्यालय निर्माण, सामाजिक विकास लगायतका क्षेत्रमा उल्लेखनीय काम गरेका छन् । ५ वर्षको अवधिमा एमाले प्रदेशसभाका उम्मेदवार घिमिरेले गरेका कामनै अहिले चुनावमा भोट माग्ने आधार बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *