सलाहको दुई गोलमा लिभरपुलले टोटेनहमलाई हरायो

काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले टोटनह्यामलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा लिभरपुलले टोटनह्यामलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

लिभरपुलको जितमा दुवै गोल मोहमद सलाहले गरेका हुन् । सलाहले खेलको ११औं र ४०औ मिनेटमा गोल गरेका थिए । त्यस्तै टोटनह्यामका लागि एक गोल ह्यारी केनले गरेका थिए ।

यो जितपछि लिभरपुलको १३ खेलमा १९ अंक भएको छ र लिगमा आठौँ स्थानमा उक्लिएको छ । त्यस्तै टोटनह्यामको भने १४ खेलमा २६ अंक रहेको छ र लिगमा चौथो स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *