नेयमार चम्कँदा पिएसजीको जित
मकालु खबर
२०७९ कार्तिक २१ गते
काठमाडौँ । फ्रेन्च लिग अन्तर्गत पिएसजीले लोरियन्टलाई पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा पिएसजीले लोरियन्टलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
पिएसजीको जितमा नेइमारले एक गोल र एक असिस्ट गरेका थिए । त्यस्तै अर्को गोल डानिलो पेरेइराले गरेका थिए । त्यसैगरी लोरियन्टका लागि एक गोल टेरेन मोफीले गरेका थिए । यस खेलमा पिएसजीका लागि लियोनेल मेसी भने खेलेका थिएनन् ।
यो जितपछि पिएसजीको लिगमा १४ खेलमा ३८ अंक भएको छ र शीर्ष स्थानमा कायम रहेको छ । दोस्रो स्थानमा रहेको लेन्सको १४ खेलमा ३३ अंक रहेको छ । त्यसैगरी लोरियन्टको १४ खेलमा २७ अंक छ र लिगमा चौथो स्थानमा रहेको छ ।
मकालु खबर
२०७९ कार्तिक २१ गते
प्रतिक्रिया
सम्बन्धित