भाषण गर्दागर्दैका ओलीलाई वृद्धा मतदाताले भत्ता बढाइदिन सर्त राखेपछि… ! (भिडिओ)

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भाषण गरिरहेकाे बेला एक वृद्धा मतदाताले भत्ता रकम बढाइदिन आग्रह गरेकी छन् ।

ओलीको गृह जिल्ला झापामा आयोजित नेकपा एमालेको चुनावी सभालाई सम्बोधन गरिरहेका ओलीलाई एक वृद्धा मतदाताले भनिन्– ‘हजुर नमस्कार ।’

भाषण रोक्दै ओलीले भने– ‘नमस्कार, नमस्कार ।’

ती मतदाताले भनिन्– ‘यहाँ कस्तो हुनुहुँदाेरछ भनेर अनुहार हेर्न आएको म । सञ्चै हुनुहुन्छ ?’

ओलीले भने– ‘सञ्चै छु । राम्रै छ ।’

मतदाताले भनिन्– ‘भत्ता बढाइ दिने हाेला नि १ हजार ।’ (चाैतर्फी हाँसाे छाउँछ)

ओलीले भने– ‘अँ अब भइहाल्याे । ठीक छ । ठीक छ ।’

मतदातले भनिन्– ‘भत्ता बढाउने हो भने मात्रै भोट दिने हो ।’

ओलीले भने– ‘ठीकै छ, ठीकै छ।’

महिला मतदाताको कुरा सुनेर मञ्चमा र दर्शक दीर्घामा हाँसो चलेको थियो ।

अध्यक्ष केपी ओली वृद्ध भत्ता जस्ता समामाजिक सुरक्षा भत्ता एमालेकै सरकारले बनाउँदै आएको भन्दै वृद्ध भत्ता महिनाको ५ हजार रुपैयाँ पुर्याउने घोषणा गर्दै आएका छन् ।

भिडिओ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *