तनहुँमा मादी नदीले बगाउँदा एकजनाको मृत्यु

पोखरा । तनहुँमा मादी नदीले बगाएर एकजनाको मृत्यु भएको छ । मादी नदीमा नुहाउने क्रममा नदीले बगाएर सिन्धुपाल्चोकका ६० वर्षका झिलक बहादुर पौडेलको मृत्यु भएको हो ।

उनलाई करिव १ किलोमिटर बगाएको थियो । स्थानीयले बगाइरहेको देखेपछि प्रहरीलाई खवर गरेका थिए । गम्भीर घाइते उनको उपचारका लागि दमौली अस्पताल पु¥याइएको थियो । उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *